समाज

नापी कार्यालयका प्रमुख मृत फेला

उर्लाबारी – नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आइतबार बिहान मृतावस्थामा फेला परेका छन्। 

नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए। 

आव २०७३÷७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा सहभागी हुनका लागि त्रिखत्री विराटनगर आएका थिए। 

शनिबारदेखि विराटनगरमा शुरु भएको गोष्ठीमा प्रदेश नं १ र २ का नापी र मालपोत कार्यालयका प्रमुखको सहभागिता रहेको छ। 

त्रिखत्री लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । त्रिखत्रीको स्वास्थ्य अवस्थाकै कारणले मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रासस 

प्रकाशित: १८ भाद्र २०७४ ०६:१९ आइतबार

नापी कार्यालयका प्रमुख फेला