समाज

दुर्व्यसनी आरोपमा पक्राउ ३६ विरुद्ध मुद्दा दर्ता

पक्राउ कारोबारी र दुव्र्यसनी तथा बरामद लागू औषध देखाउँदै प्रहरी । तस्बिरः महेश्वर चामलिङ

उदयपुर – उदयपुरमा दिनदिनै लागू औषध दुर्व्यसनी र कारोबारीको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सातादिनमै ३ दर्जन दुव्र्यसनी र कारोबारी पक्राउ गर्नुका साथै ठूलो मात्रामा लागू औषध बरामद गर्नुले यस कुराको पुष्टि गरेको छ। 

प्रहरीले पछिल्लो १ सातामै ३६ जना लागू औषध कारोबारी पक्राउ गरेको छ । भने विभित्र अवैध लागू औषध र नगद पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ दुर्व्यसनी र बरामद भएको लागू औषध तथा नगद सार्वजनिक गरेको छ। 

पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार पक्राउमध्ये ३ जना लागू औषध ओसार पसार गर्ने कारोबारी व्यापारी हुन भने बाँकी प्रयोगकर्ता दुव्र्यसनी हुन् । पक्राउ ३६ मध्ये ३ जना लागू औषध ओसारपसार गर्ने व्यापारी भएको खुलेको र बाँकी ३३ जना सेवनकर्ता दुव्र्यसनी भएको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए । पक्राउ सबैलाई आवश्यक्ता अनुसार अदालतबाट म्याद थपेर कानुनी कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए। 

पत्रकार सम्मेलनमा बरामद लागू औषध पनि सार्वजनिक गरियो । सदरमुकाम गाईघाट, आसपासका बजार र गाईघाट–लाहान सडख कण्डमा पर्ने उदयपुर र सप्तरीको सीमस्थल लालपत्ता, सिसुवारी, भेडिया, लक्ष्मीपुर रुटमा बिभिन्न समयमा नियमित चेकजाँचका क्रममा पक्राउ पर्नेहरूको साथबाट बरामद लागू औषध त्यहाँ सार्वजनिक गरिएको थियो । बरामद लागू औषधमा लुपिजेसिक ८४ एम्पुल, इाइजेल्वाव ८३ एम्पुल, फेनरागन ८२ एम्पुल, नाइट्रोशन ट्याबलेट ११ गोटी, गाँजा ३ सय ८० ग्राम पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ। 

प्रहरीले नगद  रु १६ हजार १ सय ६० पनि बरामद गरेको जनाएको छ । सो रकम लागू औषध ओसारपसारमा प्रयोग भएको स १ ह ७५६ नम्बरको अटोरिक्सा चालकबाट बरामद भएको प्रहरी भनाई छ । सो अटो रिक्सामा सवार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सोही ठाँउका मोतेबुल मोहम्मद र मजेबुल मोहम्मद गत सोमबार राति साढे ७ बजे पक्राउ परेका थिए । लालपत्ता प्रहरी चौकीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई नगद १६ हजार १ सय ६०, गाँजा ३ सय ८० ग्राम र फेनारगन ६० थान, लुपिजेसिक ६० थान र डाईजापाम ६० थानसहित पक्राउ गरेको प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए। 

इन्सपेक्टर फागोका अनुसार अधिकांश पक्राउहरू विशेष सुराकीको आधारमा नभई लाहान–गाईघाट रुटका सवारीसाधनमा चेकजाँच गर्ने क्रममा फेला पारिएको हो । सदरमुकाम गाईघाट प्रवेश गर्ने मुख्य नाका सप्तरी र उदयपुरको सीमास्थल लालपत्ता आसपासमा नियमिच चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन्। 

सम्मेलनमा एसपी भट्टले पक्राउमध्ये १४ जनाविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको बताउँदै उदयपुर प्रवेश गर्ने नाकाहरू खासगरी लागू औषध भित्रिने प्रमुखद्वार भएको पाइएको बताए । पक्राउमध्ये अधिकांशलाई त्रियुगा नगरपालिका ६ को लालपत्ताबाट पक्राउ गरेको उनको भनाइ छ । उनले लागू औषध कारोबार र दुर्व्यसन नियन्त्रण गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए। 

‘सबै क्षेत्रबाट साथ सहयोग पाए मात्र लागू औषध नियन्त्रण गर्न संभव छ अन्यथा यसलाई रोक्न धेरै जटिल छ’ एसपी भट्टले भने ‘यसका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै कारोबारी व्यापारीलाई कानुनी कारवाही गर्न पनि सक्नुपर्छ ।’ कारोबारीलाई कडा कारबाही गर्दै सेवनकर्तालाई आवश्यक परामर्श दिन सके पनि लागू औषध प्रयोग र कारोबार न्यूनिकरण गर्न सकिने प्रहरीको अपेक्षा छ। 

 

प्रकाशित: १४ भाद्र २०७४ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App