समाज

झाडापखालाका कारण एकको मृत्यु

कपिलवस्तु- महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ। 

प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन्। नगरपालिका-७ सत्भराका चैतराम रैदासका आठवर्षीय छोरा तारेखको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालले बताए। 

गाउंँमा दूषित पानीको माछा खाएको, दूषित पानी पिएको र अन्य सरसफाइको कमी भएका कारण झाडापखालाको प्रकोप देखिएको बताइएको छ। 

प्रभावितमध्ये सामान्य अवस्थामा रहेकाहरुलाई गाउँमै स्वास्थ्यकर्मीको टोली पठाइएको र अलि जटिल देखिएकाहरुको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

पछिल्लो दुई दिनयता झाडापखालाको संक्रमणका कारण बान्ता हुन थालेको र सोही समस्याले समस्या बढेको शिवराज अस्पतालका कावा मेडिकल सुपरिटेण्डेण्ट डा राहुल झाले बताए। जिल्लाका अन्य बाढी प्रभावित क्षेत्र र सरसफाइको कमी रहेका गाउँबस्तीमा प्रकोप फैलन सक्ने भएकाले पूर्वतयार रहन जिल्ला स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ। रासस 

प्रकाशित: ४ भाद्र २०७४ ०७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App