समाज

मन्त्रीको हेलिकप्टर आकाशमा, बाढी पीडित स्कुलको छतमा

बर्दिया-  आईतवार विहान देखि हेलिकप्टर बाढी पसेको क्षेत्रमा उडेपनि पीडितको उद्दार हुन सकेको छैन। नेपाली सेनाका हेलिकप्टर मन्त्री सहित बाढीक्षेत्रमा घुमे पनि उद्दार हुन नसकेको पीडित परिवारको गुनासो छ।

उद्दारको प्रतिक्षामा बसेका बाढी पीडितको  ४८ घन्टा देखि अवस्था जस्ताको त्यस्तै छ। बाढी प्रभावित क्षेत्रमा गृहमन्त्रि जनार्दन शर्माले  दुई पटक हवाई अनुगमन गरिसकेका छन्। त्यसपछि पशुपंक्षिमन्त्री शन्तकुमार थारुले समेत हेलिकोप्टर अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। तर पटक पटक हेलिकप्टरवाट घुम्दा समेत एक जना बाढी पीडितको उद्धार हुन नसक्दो बाढीपिडित गुनासो  छ। स्थानीय प्रशासनका अनुसार ठाकुरद्धारा, बारबर्दिया, मधुवनमा, गुलरिया र वाँसगढी नगरपालिकाका बाढी पीडित रुख र स्थानीय विद्यालयको छतमाथी उद्दारको पर्खाइमा बसिरहेका छन्।

‘खैरीचन्दनपुरको मझरा टप्पामा ४६ घरधुरी छौ’, टेलिफोनमा राम बहादुर चौधरीले भने,‘हामी शनिवार दिउँसो देखि फसेका छौ, हेलिकप्टर देखेर हात हल्लाउँछौ तर,हेलिकप्टरले देख्दैन।’ शुक्रवार मध्यरात देखि उनीहरु बाढीमा फँसेका हुन्। बाढी पीडित क्षेत्रमा नेपाली सेनाका हेलिकप्टरले उद्दारा शुरु गरेको एसपी भरत बोहराले बताए। उनका अनुसार कृष्णसार संरक्षण क्षेत्रका बाढी पीडित परिवारलाई हेलिकप्टरवाट उद्दारा गरिदैंछ। बबई वाढीवाट ठूलो संख्यमा विस्थापित  भईसकेका छन्।

प्रकाशित: २९ श्रावण २०७४ ११:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App