समाज

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

खोटाङ – खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो।

नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए। 

नक्कली नोट रहेको स्थानीयले दिएको जानकारी आधारमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । शुक्रबार बेलुका पक्राउ परेका श्रेष्ठलाई अड्डासार गर्दै शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो। 

श्रेष्ठबाट लिइएका नोट चलाउनेक्रममा नक्कली भएको पत्ता लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नक्कली नोटको कारोबार गरेको ठहरिए श्रेष्ठलाई १० वर्षसम्म कैंद सजाय हुने जनाइएको छ। 

प्रकाशित: २२ श्रावण २०७४ १०:२५ आइतबार

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता