काठमाडौँ – आफ्नै साथीका छोरा अपहरण गरी ५० लाख फिरौती माग्ने राजु विश्वकर्मा पक्राउ परेका छन् । महानगरीय प्रहरीले शाखाले उनलाई शनिबार पक्राउ गरेको हो ।
विश्वकर्माले ५ वर्षीय बालक विशाल चौधरीको अपहरणको मुख्य योजना बनाएका थिए । गत बिहीबार विशालको अपहरण गरी उनले ५० लाख फिरौतीका लागि माग गरेका थिए ।
विशाललाई विद्यालयबाट निस्कने बेलामा मोटरसाइकलमा राखी उनको अपहरण गरिएको थियो ।
अपहरणको दुई दिन पछि उनका बाबुलाई फोन गरी शनिबार ५० लाख फिरौतीका लागि मागिएको थियो । अपहरणकारी विशालका बाबुका १४ वर्षदेखिको घनिष्ट साथी भएको अनुसन्धानबाट पुष्टि भएको छ ।
सोमबारदेखि प्रहरीले उनको खोजी गरेको थियो । सपरिवार फरार भएका उनलाई पक्राउ गरी महानगरीय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ ।
प्रकाशित: २१ श्रावण २०७४ ०९:०९ शनिबार