समाज

नयाँ बानेश्वरमा सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

काठमाडौं- नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ। 

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ।

अन्दाजी २२-२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए। शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: २१ श्रावण २०७४ ०५:४७ शनिबार

बानेश्वरमा सवारीसाधनको ठक्करबाट युवकको मृत्यु