समाज

बागेश्वर धाम सरकार चितवनमा, सुरक्षा व्यवस्था कडा

पूर्वी नवलपरासीको दुम्कौलीस्थित शास्वतधाममा आज (शनिबार) देखि सुरु हुने हनुमान कथा प्रवचनका लागि भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्र कृष्ण शास्त्री दिउँसो चितवन आइपुगेका छन्। 

उनी प्रतिनिधि सभाका सांसद विनोद चौधरी सहित आएका थिए। उनलाई भरतपुर विमानस्थलमा भव्य स्वागत समेत गरिएको थियाे।

उनी भरतपुर आउँदा सुरक्षा व्यवस्था कडा बनाइएको छ। नवलपुरसम्म जानको लागि स्कटिङ गरिएको छ। उनी सवारी हुँदा अन्य सवारी साधनलाई चल्न रोक लगाइएको छ। धार्मिक गुरु बागेश्वर बाबाले शास्वतधाममा हनुमान कथा प्रवचन गर्ने बताइएको छ। उनले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नेछन्।

दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक मिलाएको चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले जानकारी दिए। कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ।

प्रकाशित: २ भाद्र २०८० १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App