समाज

पुल नबन्दा सास्ती

कालिकोट जिल्लाको तिलागुफा नगरपालिका ६ र ९ जोड्ने पक्की पुल बगाएको ११ महिना बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन। २०७९ साल असोजमा तिला नदीमा आएको बाढीले पक्की पुल बगाएपछि नगरका तीन वडा र महावै गाउँपालिका आउजाउमा समस्या आएको हो।

पक्की पुल बगाएको दुई महिनापछि स्थानीयले अस्थायी पुल बनाएका थियो। बोलेरो, मोटरसाइकल वारपार गर्ने काम सो अस्थायी पुलबाट हुँदै आएको थियो। बर्खा लागेसँगै नदीमा पानीको बहाब बढेपछि अस्थायी पुल समेत बगाएको छ।

अहिले नगरका तीन वडा र महावै गाउँपालिका आउजाउ गर्न ठप्प भएको छ। भैंसीगौडाको पुल भएर महावै गाउँपालिका केन्द्र पाद्माघाट जाने एक मात्र सडक हो। तर, पुल बाढीले बगाउँदा महावैसँगै तिलागुफा नगरपालिका ९, १० र ११ को यातायात सेवासमेत बन्द भएको छ। 

प्रकाशित: २ भाद्र २०८० ०४:०१ शनिबार

पुल नबन्दा सास्ती आउजाउमा समस्या