समाज

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ।

नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको विशेष टोलीले उनलाई आज पक्राउ गरेको हो।

आयोग प्रवक्ता जीवराज कोइरालाले घुससहित पक्राउ परेका फोरमेन न्यौपानेमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। रासस

 

प्रकाशित: १६ श्रावण २०७४ १४:२६ सोमबार

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ