समाज

यान्त्रिक अवस्था ठिक नभएका ४२ सवारी कारबाहीमा

काठमाडौँको किर्तिपुरमा आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधनका चालकलाई  ट्राफिक प्रहरीले कारबाही गरेको छ।  

१ सय ३५ भन्दा बढी  सवारी साधन चेक गर्दा ह्या ण्डब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४२ ओटा  गरी  सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो। जसमा पिकअप गाडि १७ ओटा, टाटासुमो १०, बस र हाइस ३र३ ओटा र अन्य सवारी साधन ९ ओटा रहेका छन्।  

सवारी साधन मर्मत पश्चा।त तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने ट्राफिक प्रहरीले जनाएको छ। अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन्।

प्रकाशित: ३२ श्रावण २०८० १४:२४ बिहीबार

विशेष चेकिङ वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट ट्राफिक प्रहरी काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय