समाज

‘पानी तान्ने मोटर’ भित्र पनि सुन !

करिब एक सय किलो सुन ‘ब्रेक सु’ मा हालेर तस्करी गरेको रेडी ट्रेडले मेकानिकल मोटर (पानी तान्ने मेसिन) भित्र पनि सुन राखेर तस्करी गरेको आशंका गरिएको छ।

ब्रेक सु भित्र करिब एक सय किलो सुन हालेर तस्करी गरेको रेडी ट्रेडले यसअघि पनि हङकङबाट ब्रेक सुन, सेभर र मेकानिकल मोटर ल्याएका थियो। त्यो एउटा मेकानिकल मोटर (पानी तान्ने मेसिन)को वजन कम्पनीको विवरणमा ५२ किलो देखाइएको छ। सामान्यतया त्यस्ता मोटरको तौल २० किलो हुने गर्छ। यो कुरा अनुसन्धानमा सक्रिय पदाधिकारीहरु नै बताउँछन्। उक्त मेकानिकल मोटर ताइवानको तालमड कम्पनीले पठाएको पाइएको छ।  

यसरी ल्याइएको मेकानिकल मोटर बजार गए की कहाँ गए त्यसको रेकर्ड त छैन। तर कम्पनीको विवरणमा एउटा मोटरको वजन ५२ किलो उल्लेख भएपछि कतै यसमा पनि सुन हालेर त ल्याइने भन्ने आशंका गरिएको छ।

रेडी ट्रेडका नामबाट मात्रै अहिलेसम्म ३४ पटक सामान आइसकेको छ। त्यसमध्ये ३३ पटक हङकङबाट र एकपटक दुबईबाट सामान आएको देखिन्छ। १६०, १२०, ८०, ६० र ४० का दरले ब्रेक सु आएको भन्सार विभागले दिएको विवरणमा उल्लेख छ।

साथै त्यसको भन्सार दर समग्रमा ३ हजार ५४० अमेरकी डलर लिएर सो समान छाडिएको देखिन्छ। विभागले बरामद गरेको सुनसहितको ब्रेक सु आउनुअघि रेडी ट्रेडकै नाममा हङकङबाट ब्रेक सु, सेभर र मेकानिकल मोटर गरी १ हजार ९९७ केजी सामान आएको थियो।

जसमा २ हजार ७०० थान सेभर एउटा मेकानिकल मोटर र १ हजार १८० थान ब्रेक सु ल्याइएको पाइएको छ। सेभर चीनको दोङ्गोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले पठाएको सो विवरणमा उल्लेख छ। त्यसैगरी चीनको जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले ब्रेक सु पठाए पनि नक्कली भएको विभाग स्रोतले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८० ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App