समाज

मासुको खेती

मासु खान अब पशुपालन नगरी जनावरको कोषलाई विशेष प्रविधिबाट विकास अथवा कल्चर गरेर उत्पादन गर्ने प्रचलन विस्तारै लोकप्रिय हुँदै छ।

सन् २०१३ मा डच वैज्ञानिक मार्क पोस्टले टेलिभिजनको प्रत्यक्ष प्रसारणमा यसप्रकारको पहिलो प्रशोधित मासु (कल्टिभेटेड) बाट बनेको बर्गर सार्वजनिक गरेका थिए। त्यसको २ वर्षयता यसप्रकारका मासु उत्पादक ४ कम्पनी स्थापना भएका थिए। अहिले आएर विश्वमा १५० कम्पनीले यस्तो मासु उत्पादन गरिरहेका छन् र सन् २०२२ सम्म यो उद्योगमा २ अर्ब ६ करोडभन्दा बढी लगानी भइसकेको छ।

यी उद्योगलाई सहयोग गर्न अन्य कैयन् सहायक उद्योग स्थापना भएका छन्। कैयन् दशकको सेल कल्चर, स्टेम सेल बायोलोजी, टिसु इन्जिनियरिङ, फर्मेन्टेसन, केमिकल तथा बायोप्रोसेससँग सम्बन्धित ज्ञान र आविष्कारका आधारमा यसप्रकारको मासु उत्पादन सम्भव भएको हो। यस विषयमा धेरै औद्योगिक तथा प्राज्ञिक अध्ययन र अनुसन्धान भएका छन्।

कसरी बनाइन्छ मासु?

यो प्रक्रियाको सुरुवात सम्बन्धित जनावरको स्टेम सेल (मुख्य कोषिका) संकलन र भण्डारणबाट हुन्छ। यी कोषिकालाई बायोरियाक्टर अथवा कल्टिभेटरमा उमारिन्छ। जनावरको शरीरमा प्राकृतिक हिसाबले कोषको विकास हुने प्रक्रियाजस्तै गरेर यिनीहरूलाई हुर्काइन्छ। सेल कल्चर यो विधिमा कोषिकाका लागि चाहिने एमिनो एसिड, ग्लुकोज, भिटामिन्स, नुन, तथा अन्य प्रोटिन उपलब्ध गराइन्छ।

यसरी मासु बन्दा चाहिने सबै अवयव उपलब्ध गराएपछि २ देखि ८ सातामा मासु तयार हुन्छ। कस्तो खाले मासुको खेती गरिएको हुन्छ, त्यसका आधारमा पनि समय फरक हुनसक्छ। केही कम्पनीले दुध र अन्य पशुजन्य उत्पादनका लागि पनि यो विधि अपनाउन थालेका छन्।

यो विधिका फाइदा

परम्परागत मासु उत्पादन प्रक्रियाभन्दा यो विधिका विभिन्न फाइदा छन्। यसले कृषिजन्य प्रदूषणलाई कम गर्छ भने पशुजन्य उत्सर्जनमा कमी ल्याउँछ। एक अध्ययनअनुसार यो विधिबाट मासु उत्पादन गर्दा स्वच्छ ऊर्जा प्रयोग गरिएको छ भने यसले हरित गृह ग्यासको उत्सर्जनमा ९२ प्रतिशतसम्म कमी आउन सक्छ।

यसैगरी पशुपालनका लागि जमिनको प्रयोगमा पनि ९० प्रतिशतले कमी आउनेछ। यो प्रविधिमा एन्टिबायोटिक्सको प्रयोग नहुने हुँदा मासुका कारण लाग्ने रोगको सम्भावना न्यून हुन्छ।

आगामी केही दशममा यसप्रकारको मासु उत्पादनमा १.७ खर्ब अमेरिकी डलर लगानी हुने आँकलन छ। यसले गर्दा कृषिजन्य वनविनास रोकिनेछ भने जैविक विविधता ह्रासमा कमी आउनेछ। यसैगरी पशुपन्छीलाई मारेर मासु खाने प्रचलनको अन्त्य हुनेछ।

कहिलेसम्म बजारमा आउला यो मासु?

सन् २०२२ सम्म कतिपय कम्पनीले नमुना अर्थात् पाइलट स्तरबाट व्यावसायिक रूपमा यसप्रकारको मासु उत्पादनलाई अन्तिम तयारी गरेका छन्। यसका लागि सम्बद्ध देशको नियामक निकायले अनुमति दिनुपर्छ। सन् २०२० डिसेम्बरमा सिंगापुरले कुखुराको यसप्रकारको मासु बिक्री गर्न अनुमति दिएको थियो।

यसप्रकारको अनुमति दिने राष्ट्र सिंगापुर बनेको छ। सिंगापुरका कतिपय रेस्टुरेन्ट, सार्वजनिक फुड स्टल तथा मासु पसलमा यसरी उत्पादित मासुको बिक्री हुन्छ। अमेरिकाको खाद्य तथा औषधी विभाग (एफडिए)ले पनि यसप्रकारको अनुमतिको अध्ययन गरिरहेको छ। अन्य देशहरू पनि यस विषयमा निर्णय गर्ने क्रममा छन्।

सन् २०२२ सम्म कतिपय कम्पनीले नमुना अर्थात् पाइलट स्तरबाट व्यावसायिक रूपमा यसप्रकारको मासु उत्पादनलाई अन्तिम तयारी गरेका छन्। यसका लागि सम्बद्ध देशको नियामक निकायले अनुमति दिनुपर्छ।

यो उद्योगका उत्पादन बढाउन विभिन्न चुनौती छन्। उत्पादन लागत एक हो भने अन्य प्रविधिगत चुनौती सामना गर्नुपर्ने हुन सक्छ। यसैगरी मासु खेतीका लागि उपयुक्त कोषिकाको छनौट पनि उत्तिकै महत्वपूर्ण रहन्छ। स्वस्थ जनावरको कोषिका यसका लागि आवश्यक हुन्छ।

यसैगरी भर्खरै मारिएका जनावरको शरीरबाट यसप्रकारका कोषिका लिनुपर्ने हुन्छ र यसो गर्दा सम्बद्ध देशको धार्मिक प्रचलन र कानुनको परिपालना गर्नुपर्ने हुन्छ। यसैगरी यो उद्योगका लागि अझै धेरै अध्ययन र अनुसन्धान आवश्यक छ।

यो उद्योगका उत्पादन बढाउन विभिन्न चुनौती छन्। उत्पादन लागत एक हो भने अन्य प्रविधिगत चुनौती सामना गर्नुपर्ने हुन सक्छ। यसैगरी मासु खेतीका लागि उपयुक्त कोषिकाको छनौट पनि उत्तिकै महत्वपूर्ण रहन्छ। स्वस्थ जनावरको कोषिका यसका लागि आवश्यक हुन्छ।

यसैगरी यो प्रक्रियामा डिएनमा स्थायी परिवर्तन गर्ने विधि अर्थात् जेनटिक इन्जिनियरिङ गरिन्छ अथवा गरिन्न भन्ने विषय पनि महत्वपूर्ण छ। कतिपय कम्पनीले यसो गर्ने योजना नरहेको बताएका छन् भने कतिपयले यसका लागि पेटेन्ट अधिकारको समेत प्रक्रिया अगाडि बढाइसकेका छन्। यसरी यो उद्योगमा रहेका विद्यमान चुनौतीलाई समाधान गर्न सकेमा यो क्षेत्रमा ठुलो लगानी हुने निश्चित छ।

‘गुड फुड इन्स्टिच्युट’बाट साभार

प्रकाशित: ६ श्रावण २०८० ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App