समाज

सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरस्थित कोटेश्वर टायर रिसोलिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहीबार बिहान पाँच बजेतिर भएको आगलागी नियन्त्रणमा आएको छैन।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुले आगोलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। मध्यपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम भएपनि वीरेन्द्रनगरमा दमकल छैन।

‘दमकल नहुँदा आगोलागी नियन्त्रणमा लिन समस्या भइरहेको छ’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, ‘सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय मिलेर आगो निभाउने प्रयास गरिरहेका छौं।’

प्रकाशित: १८ जेष्ठ २०७४ ०२:२० बिहीबार

सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी