समाज

पर्यटक प्रहरी पोष्ट हस्तान्तरण

बन्दीपुर गाउँपालिकाको संयोजकत्वमा नवनिर्मित अस्थायी पर्यटक प्रहरी पोष्ट हस्तान्तरण गरिएको छ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले पर्यटक प्रहरी कार्यालयको इन्चार्ज प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

वि.सं. २०७५ मा स्थापना भएको उक्त पोष्टको प्रमुखको रुपमा प्रहरी सहायक निरीक्षक रहेका छन्। बन्दीपुर पर्यटकीय गन्तव्यका रुपमा उभिएको, पर्यटकलाई आकर्षित गर्ने र पर्यटनको बढ्दो महत्वलाई मान्यता दिँदै कुनै पनि सुरक्षा, चिन्तालाई सम्बोधन गर्न र आगन्तुकहरुलाई सहयोग पु¥र्याउन समर्पित अस्थाई प्रहरी पोष्टको स्थापना भएको हो।

प्रकाशित: १८ असार २०८० १२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App