समाज

गुरुपूर्णिमा र गुरुको कृपा

अध्यात्म

गुरुः ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः।

गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।

गुरु साक्षात् सृष्टिकर्ता ब्रह्मस्वरूप हुन्, गुरु पालनकर्ता विष्णुस्वरूप हुन्, गुरु अन्याय-अत्याचार र अज्ञानताका संहारकर्ता महेश्वर हुन्। यस्ता साक्षात् परब्रह्म, विष्णु र महेस्वरस्वरूप गुरुलाई मन, वचन र कर्मले प्रणाम !

हिन्दु पात्रोअनुसार प्रत्येक संवत्सरको असार शुक्ल पूर्णिमाका दिनलाई गुरूपूजा पूर्णिमा, गुरूपूर्णिमा, व्यासपूजा पूर्णिमा वा व्यास जयन्ती भनेर महान् पर्वको रूपमा मनाउने गरिन्छ।

 पौराणिक कालमा पराशर ऋषि र माझीपुत्री मत्स्यगन्धा (सत्यवती)बाट यसै दिन वेदव्यासको जन्म भएको, पछि गएर फेरि आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यासले आफ्ना छोरा शुकदेवसहित ऋषिहरूलाई वेदवेदाङ्ग आदि धार्मिक ग्रन्थको दर्शन गराएको र गौतम बुद्धले पनि यसै पूर्णिमाका दिन आफ्ना शिष्यलाई पहिलो उपदेश दिएकाले यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने चलन परापूर्व कालदेखि नै सुरु भएको पाइन्छ। बौद्ध धर्मावलम्बीहरू यस दिनलाई ‘धर्मचक्र प्रवर्तन दिवस’का रूपमा समेत मनाउँछन्।

हिन्दु पात्रोअनुसार प्रत्येक संवत्सरको असार शुक्ल पूर्णिमाका दिनलाई गुरूपूजा पूर्णिमा, गुरूपूर्णिमा, व्यासपूजा पूर्णिमा वा व्यास जयन्ती भनेर महान् पर्वको रूपमा मनाउने गरिन्छ।

शास्त्रले गायत्री मन्त्रदान गर्ने, शिक्षादीक्षा दिई जीवनको दिशानिर्देश गर्ने र जन्म दिई संसार देखाउने वा चिनाउने आमाबुवालाई गुरुको रूपमा चिनाएको छ। यस दिन सूर्योदयअगावै उठी स्नान, सन्ध्याबन्धन गरी गुरुको सान्निध्यमा वा भावनाले गुरुलाई सम्झी पूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ। यस दिन गुरुको षोडशोपचार, पञ्चोपचार वा यथोपचारले पूजा गरी फूलमाला लगाई मीठामीठा फलफूल, पक्वान्नआदि खुवाउने, प्रणाम गर्ने र विभिन्न प्रकारका लत्ताकपडा, पुस्तक आदि उपहार दिई गुरुलाई खुसी पारे गुरुको कृपा जन्मजन्मान्तर रहिरहने उल्लेख पाइन्छ। साथै यसो गरे गुरुबाट आफूले लिएको शिक्षा वा ज्ञानको ऋण (गुरुऋण)बाट मुक्ति पाइन्छ भन्ने शास्त्रोक्ति रहेको छ।

वास्तवमा गुरु ब्रह्मा हुन्, जसले अज्ञानी तथा अहङ्कारी शिष्यलाई पनि ज्ञान दिएर सत्पुरुष बनाउँछन् अर्थात् ब्रह्माले संसारको सृष्टि गरेझैं गुरुले मनमा सत्मार्ग देखाउँदै सद्बुद्धिको सृष्टि गराउँछन्। गुरु विष्णु हुन्, जसले ज्ञानको धरातललाई फैलाएर जन्मँदा जड (खाली दिमाग) रहेको बालकलाई पढाईलेखाई ठूलो विद्वान्, वैज्ञानिक, दार्शनिक, समाजशास्त्री, अर्थशास्त्री, भूगर्भशास्त्री, लेखक, साहित्यकार, पाइलट, इन्जिनियरआदि बनाउँछन्।

शास्त्रले गायत्री मन्त्रदान गर्ने, शिक्षादीक्षा दिई जीवनको दिशानिर्देश गर्ने र जन्म दिई संसार देखाउने वा चिनाउने आमाबुवालाई गुरुको रूपमा चिनाएको छ।

त्यस्तै गुरु महेश्वररूप हुन्, जसले विद्यार्थीमा भएका काम, क्रोध, लोभ, मोह, मद, अहङ्कार, मात्सर्य, हिंसा, क्रूरता, दुर्भाव, दुर्विचारआदि नष्ट गराइदिन्छन्। मनमा दुर्गुण वा दुर्भाव पालेमा, अनुशासनहीन तथा चरित्रहीन भएमा त्यसलाई नैतिक ज्ञानद्वारा उसमा रहेको अज्ञानता वा अन्धकारलाई नाश गरेर सत्पात्र बनाउने क्षमता हुन्छ गुरुमा।

‘गृह्णाति ब्रह्मतत्वं उपदिशति शिष्यान् इति गुरुः’ अर्थात् ब्रह्मतत्व प्राप्त महापुरुषले शिष्यलाई उपदेश दिएर आफूजस्तै दक्ष बनाउने कार्य गर्दछन्, त्यस्ता उदारवादी महान् व्यक्तित्व वा महापुरुष नै गुरु हुन्।

जन्म दिई पालनपोषण गर्ने बुवाआमा, कर्म दिने बुवाआमाभन्दा पनि शिक्षादीक्षा दिई जीवन दर्शन गराउने गुरु महान् हुन्छन् भनेर शास्त्रले बताएको छ। सद्गुरुमा जीवात्मा (मानिस वा जीवभित्रको आत्मा)लाई आत्मतत्वको बोध गराउँदै परमात्मा (भगवान् नारायण)सम्म पुर्‍याउने योगबल वा तपोबल हुन्छ भनिएको छ।

जसले अरूलाई पीडा दिने होइन, अरूको उपकार गर्न सिकाउँछन्, जसले हिंसा होइन, अहिंसातर्फ लाग्न उत्प्रेरित गरिरहेका हुन्छन्। सच्चा गुरुले भोगशिक्षाभन्दा योगशिक्षा तथा व्यावहारिक शिक्षामा जोड दिन्छन्।

जन्म दिई पालनपोषण गर्ने बुवाआमा, कर्म दिने बुवाआमाभन्दा पनि शिक्षादीक्षा दिई जीवन दर्शन गराउने गुरु महान् हुन्छन् भनेर शास्त्रले बताएको छ।

पारसमणि पत्थरले फलामलाई सुन बनाएझैं मुढ वा जड व्यक्तिलाई गुरुले सद्वचन, आफ्नो आचरण र विनम्र भावको स्पर्शले विद्वान् बनाउँछन्। गुरु ज्ञानका खानी हुन्। गुरु संसारलाई प्रत्याभूत गराउने दीप हुन्। अनि मानव जीवनका बहना (नाउ खियाउने साधन) हुन् अथवा भनौं कि मानवजीवनका आधार हुन्, जसरी पानीलाई आधार बनाएर नाउ बहन्छ र नाउलाई बहनाले दिशानिर्देश गर्छ, त्यसरी नै मानिसको जीवन पनि गुरुलाई आधार बनाई आफ्नो गन्तव्यमा पुग्छ।

नीतिशास्त्रमा उल्लेख छ–

‘गुरौ न प्राप्यते यत्यत् नान्यत्रापि हि लभ्यते

गुरूप्रसादात् सर्वं तु प्राप्नोत्येव न संशयः।

अर्थात् गुरुसँग जुन कुरा छैन, त्यो संसारमा कहीँ पनि छैन, संसारमा जे जे चिज पाउन सकिन्न, ती सबै चिज गुरुको सान्निध्यबाट वा गुरुको प्रसादबाट प्राप्त गर्न सकिन्छ, त्यसमा कुनै संशय छैन। तर ती सबै कुरा प्राप्त गर्नका लागि शिष्य पनि असल शिष्य हुनुपर्छ, सत्पात्र हुनुपर्छ नभए कुपात्रमा परेको अमृत पनि विष बन्छ भनेर त शास्त्रले नै उल्लेख गरेको छ। शिष्यमा ज्ञानको भारी बोक्ने क्षमतादेखि अनुशासनका साथै गुरुसेवा वा गुरुलाई खुसी पार्ने आचरण र व्यवहारको पनि उत्तिकै आवश्यकता पर्दछ।

‘यः छात्रः गुरोः शुश्रूषां करोति सः गुरुगतां सर्वां विद्याम् अधिगच्छति’

अर्थात् जुन छात्रले गुरुको सेवा गर्छ, गुरुलाई खुसी बनाउँछ, उसले गुरुमा भएका सबै कुरा प्राप्त गर्न सक्दछ। वैदिक सभ्यताको विकास गुरूपरम्पराबाटै भएको पाइन्छ। सो सभ्यताको विकासक्रलाई हेर्ने हो भने पाषाण युगबाट अहिलेको युगमा मानिस प्रवेश गरेको इतिहासले नै प्रकाश पारेको छ।

पारसमणि पत्थरले फलामलाई सुन बनाएझैं मुढ वा जड व्यक्तिलाई गुरुले सद्वचन, आफ्नो आचरण र विनम्र भावको स्पर्शले विद्वान् बनाउँछन्। गुरु ज्ञानका खानी हुन्। गुरु संसारलाई प्रत्याभूत गराउने दीप हुन्।

पाश्चात्य सभ्यतामा पनि यो परम्परा चलेको पाइन्छ। पूर्वीय परम्परामा व्यासलाई गुरु मानेजस्तै प्लेटोले महाकवि होमरलाई सम्पूर्ण ग्रिसकै गुरु मानेका छन्। त्यति मात्र होइन, उनले दार्शनिक सोक्रेटिस (सुकरात)लाई पनि आफ्ना गुरु मानी गुरुशिष्य परम्परालाई अगाडि बढाएको पाइन्छ।

‘गु’को अर्थ अँध्यारो र ‘रु’को अर्थ उज्यालो हुन्छ, अर्थात् जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी उज्यालो संसारतर्फ डोर्‍याउँछन्, तिनै महान् व्यक्ति गुरु हुन्। गुरुलाई शिक्षक, आचार्य, उपाध्याय आदि नामले पनि पुकारिन्छ। शिक्षक, जसले सिकाउँछन्। ती गुरु हुन्, जसले अँध्यारोबाट उज्यालोतर्फ लगी ज्ञानको प्रत्याभूत गराउँछन्।

‘आचार्य’ गुरुकै पर्याय वा गहन अर्थ बोकेको शब्द वा पद हो। अन्य शब्दभन्दा आचार्य शब्दले विशिष्ट अर्थ धारण गरेको शास्त्रमै उल्लेख छ। अभिधा अर्थमा जसले आफूले सिकाएका सम्पूर्ण कुरा आफ्नो व्यवहार वा आचरणमा ल्याउँछन्, ती आचार्य वा सद्गुरु हुन्, जसले आफ्ना उपदेशहरूलाई नै जीवनको आदर्श बनाएका हुन्छन्। अर्थगत रूपमा जे भए पनि सबै शब्दले ज्ञान, सिप, साधना, कला वा शिक्षा प्रदान र अन्ततोगत्वा मुक्तिसँग सम्बन्ध राखेको पाइन्छ।

‘किं दुर्लभं गुरुरस्ति लोके’-श्रीमद् शंकराचार्य

अर्थात् संसारमा गुरु पाउन दुर्लभ छ। शंकराचार्यले नै भनेका छन्-‘हितको उपदेश दिने गुरु हुन् भने त्यस्ता गुरुको भक्ति गर्ने सच्चा भक्तचाहिँ असल शिष्य हुन्।’ साँचो अर्थमा जीवनलाई दिशा वा गति प्रदान गर्ने साक्षात् साधन हुन् गुरु, जो मानवजीवनभर जाज्वल्यमान छन्।

पाश्चात्य सभ्यतामा पनि यो परम्परा चलेको पाइन्छ। पूर्वीय परम्परामा व्यासलाई गुरु मानेजस्तै प्लेटोले महाकवि होमरलाई सम्पूर्ण ग्रिसकै गुरु मानेका छन्। त्यति मात्र होइन, उनले दार्शनिक सोक्रेटिस (सुकरात)लाई पनि आफ्ना गुरु मानी गुरुशिष्य परम्परालाई अगाडि बढाएको पाइन्छ।

पौराणिक तथा ऐतिहासिक पृष्ठभूमिमा हेर्ने हो भने गुरुको महिमा अपार छ। एक पटकको कुरा, दयानन्द सरस्वतीलाई उनका चेलाले आर्थिक प्रलोभनमा परेर झुक्याई सिसा पिसेर खुवाए। त्यस्तो विश्वासघात आफ्ना शिष्यबाट होला भनेर उनले कल्पनासम्म गरेका थिएनन्। ‘वैगुनीलाई गुनले मार्नुपर्छ’ भन्ने उखानको स्मरण गर्दै उनले सिसाको पीडाले मरणासन्न अवस्थामा पुगेका बेला पनि दयानन्दले ती शिष्यलाई बोलाए र आफ्नो सिरानमुनि राखेका सबै पैसा निकाली खर्च दिएर भाग्ने आज्ञा दिँदै भने, ‘यदि मेरा अरू शिष्यले यो तिम्रो कुकृत्य थाहा पाए भने तिमीलाई मार्छन्, भाग तुरुन्त यहाँबाट। म तिम्रो भलाइ गर्न चाहन्छु।’

पौराणिक तथा ऐतिहासिक पृष्ठभूमिमा हेर्ने हो भने गुरुको महिमा अपार छ। एक पटकको कुरा, दयानन्द सरस्वतीलाई उनका चेलाले आर्थिक प्रलोभनमा परेर झुक्याई सिसा पिसेर खुवाए।

‘विषवृक्षोपि स्वयं छेत्तुं असाम्प्रतम्’ अर्थात् आफैंले रोपेको बिरुवा विषै भए पनि उखेल्नुहुन्न भन्ने दयानन्दको अभिप्राय थियो। यो गुरुको महान् उदारताभन्दा अरू के नै पो हुन सक्छ र? महाभारतको युद्धमा द्रोणाचार्यले आफ्ना शिष्य युधिष्ठिरकै वचनको विश्वासमा परेर देहत्याग गरे। यस्ता गुरुका उदाहरणका रूपमा हामी शिवाजी, ध्रुव, उपमन्यु, एकलव्य, चाणक्य, स्वामी विवेकानन्द, स्वामी श्रीमद् शंकराचार्य, दयानन्द सरस्वतीजस्ता शिष्यलाई लिन सक्छौं, जो गुरुका कृपाले सफल भएका थिए र अन्त्यमा उनीहरू पनि सद्गुरुका रूपमा संसारमा परिचित छन्।

शास्त्रमा भनिएको छ-‘गुरु सबैका भुक्तिमुक्तिका कारक तत्व हुन्, त्यसैले मोक्ष चाहने वा योग्यता चाहने शिष्यहरूले गुरुको सान्निध्यमा बसेर गुरुको सेवा गर्दै विद्याआर्जन गरून्।’

‘गृह्णाति ब्रह्मतत्वं उपदिशति शिष्यान् इति गुरुः’ अर्थात् ब्रह्म तत्व प्राप्त महापुरुषले शिष्यलाई उपदेश दिएर आफूजस्तै दक्ष बनाउने कार्य गर्दछन्, त्यस्ता उदारवादी महान् व्यक्तित्व वा महापुरुष नै गुरु हुन्।

वास्तवमा गुरु कामधेनु गाई (मन लागेको बेला चाहिए जति दूध दिन सक्ने गाई, जुन गाई समुद्र मन्थनमा उत्पत्ति भएको र वशिष्ठ ऋषिले पालेका थिए) हुन्, कल्पवृक्ष (जुन फलको कामना गर्‍यो, त्यही फल र चाहिए जति फल दिने, जुन समुद्र मन्थन गर्दा उत्पन्न भएको देवलोकको वृक्ष) हुन् तथा ब्रह्मज्ञानका भण्डार हुन्।

नदीनालाबाट पाइने पवित्र जल, गाईबाट पाइने अमृतसमान दूध, फूलबाट पाइने सुन्दरता र मीठो वासना, सूर्यबाट पाइने प्रकाश र ताप, रूखबाट पाइने अक्सिजनयुक्त शीतल समीर, फलफूल र छाया, समग्र धर्तीबाट पाइने अन्न र फलफूल, हावाबाट पाइने प्राणवायु, आमाबाबुबाट पाइने मायाममता जस्ता सम्पूर्ण कुरा हामी गुरुबाटै पाउँछौं।

ध्यानमूलं गुरोर्मूर्तिः पूजामूलं गुरोः पदम्।

मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरोः कृपाः।।

अर्थात् ध्यानको मूल गुरुको स्वरूप हो, पूजाको मूल गुरुको चरण हो, मन्त्रको मूल गुरुको वाणी हो भने मोक्षको मूल गुरुको कृपा हो। त्यसैले गुरुको सेवा गरी गुरुबाट ज्ञानआर्जन गर्नु र जीवनलाई सफल बनाउनु नै जीवनको सार्थकता हो, जीवनको कर्म हो, धर्म हो र जीवनको सम्पूर्णता हो।

जय गुरुदेव!

प्रकाशित: १६ असार २०८० ०१:२२ शनिबार

गुरुपूर्णिमा र गुरुको कृपा पाश्चात्य सभ्यता