समाज

विषाक्त च्याउ खाँदा नौ जना बिरामी

फाइल तस्वीर

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्। कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन्।

कुम्मायक गाउँपालिका-१ मा मंगलबार विषाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्। कुम्मायक-१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका हुन्। उनीहरूलाई  जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै फिदिम नगरपालिका-११ लक्सीबोटेमा सोमबार विशाक्त च्याउ खाँदा एउटै घरका पाँच जना बिरामी भएका थिए। उनीहरूको जिल्ला अस्पतालमा उपचार गरिएको छ। 

प्रकाशित: १३ असार २०८० ०५:२० बुधबार

विषाक्त च्याउ नौ जना बिरामी