समाज

इलामको लारुम्बामा सात घर जलेर नष्ट

आगोले जलेका घर।

इलामको माङ्सेबुङ गाउँपालिका-५, लारुम्बामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। मान्छे नभएको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।  

बाँझो प्रहरी चौकीका अनुसार स्थानीय नरहाङ लावती, लोकहाङ लावती, हर्कबहादुर चेम्जोङ, पदम इवा, माङ्गेना साम्बाहाम्फे, चन्द्र राई र अनु चेम्जोङको घर पूर्ण रूपमा क्षति भएको छ। चौकीका असई नारायण निरौलाले काठले बनेको टिनको छानो भएका घरमा रहेका सबै सामग्री पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ५५ लाख रुपैयाँको क्षति अनुमान गरिएको जानकारी दिए । राति करिब साढे २ बजेतिर आगलागी सुरु भएको बाँझो प्रहरी चौकीले जनाएको छ।

प्रकाशित: १२ असार २०८० ०२:२२ मंगलबार

इलामको लारुम्बामा सात घर जलेर नष्ट