समाज

खोलाले बगाएर घट्ट गएकी सरस्वती बेपत्ता

जुम्लामा खोलाले बगाएर एक महिलालाई बेपत्ता भएकी छन्।  बेपत्ता हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका-२ की ४६ वर्षकी सरस्वती बुढा रहेको अस्थाई प्रहरी पोष्टका हवलदार टेकेन्द्र खाणले बताए।

उनी आइतबार साँझ ५ बजेको समयमा सोही गाउँको पनेला खोलाले बगाएर बेपत्ता भएकी हुन्। उनी पिठो पिस्न घट्ट गएकी थिइन्। उनको खोजी भइरहेको छ। बर्षाको कारण खोलाको बहाव बढिरहेका छन्। खोलाले दुईवटा घट्ट पनि बगाएको छ।

वर्षाको समयमा बाढीको सम्भावना बढ्ने हुनाले यो समयमा बालबालिका र वृद्धवृद्धाहरुलाइ खोलामा नजान प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: ११ असार २०८० ०१:२८ सोमबार

खोलाले बगाएर घट्ट पिस्न गएकी सरस्वती बेपत्ता