समाज

सधै बल्झिरहन्छन् द्वन्द्वका घाउहरू

गुल्मी  – म द्वन्द्व पीडित । मेरा छोरा राज्य पक्षबाट मारिए । सदरमुकामको एक कार्यक्रममा परिचय दिँदै गरेका मदाने गाउ“पालिका ६ पुर्कोटदहका ६८ वर्षीय तुलबहादुर कु“वरका आ“खा रसाए । त्यसपछि उनका मात्र होइन, धेरैको मन अमिलो भयो । 

१० वर्षे जनयुद्धका क्रममा राज्य पक्षको आक्रमणबाट उनका २ छोरा मारिएका थिए ।  ‘देश र जनताका लागि भन्दै युद्धमा होमिएका दुई छोरा मरे,’ उनले भने,‘न व्यवस्था परिवर्तन भयो, न मन नै परिवर्तन हुन्छ ।’ स्थानीय शान्ति समिति गुल्मीले आयोजना गरेको द्वन्द्व पीडितका लागि सम्मान तथा पुनःमिलन कार्यक्रममा आएका उनले परिवारलाई जतिसुकै सम्मान भएपनि भौतिक शरीर नफर्किने बताए । उनको २२ वर्षीय जेठो छोरा कृष्ण २०५६ सालमा धुर्कोट चौकी आक्रमणमा र २१ वर्षीय माइलो छोरा जगत २०५८ मा रोल्पाको थवाङ आक्रमणमा मारिएका थिए ।

उनी जस्तै जिल्लाका छत्रकोट ५ खज्याङ्की लक्ष्मी श्रेष्ठको पनि गुनासो उस्तै रहेको छ । नेपाल प्रहरीका असई रहेका लक्ष्मीका पति भागवत श्रेष्ठ २०५८ सालमा लमजुङको बिजोरी प्रहरीचौकी आक्रमणमा मारिएका थिए । मैले त्यो दिन सम्झन सक्दिन लक्ष्मीले भनिन् ‘सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्याे’, ‘अभैm पनि हामी द्वन्द्व पीडितका लागि गाउ“मा बस्ने वातावरण तयार भएको छैन् ।’ राज्यले थोरै भएपनि राहत दिएको बताउने उनले जीवनसाथी नै गुमाएको पीडाले अहिले पनि राम्रो सँग भोक र निद्रा नलाग्ने बताइन । स्थानीय शान्ति समितिले सम्मान गर्ने र समय–समयमा उनीहरूको आत्मबल बढाउने कार्यक्रम गरेपनि पीडित परिवार त्यति मै सन्तुष्ट छैनन् । 

यस्तै अर्का द्वन्द्व पीडित धुर्कोट गाउँपालिका ३ हाडहाडे की ७३ वर्षीया मनकला काउछालाई पनि बेलाबेला भक्कानो छुट्छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले निधारमा टिका लगाइदिएर सल ओढाइदिंदै गर्दा उनका आँखा रसाए । तीन छोरा मध्येको कान्छो २० वर्षीय इन्द्रबहादुर काउछाले प्रहरीमा भर्ती भएको १८ महिनामै २०५९ कात्तिक २८ मा गोरखाको टाकुकोट इप्रका आक्रमणमा माओवादीबाट मारिए । ‘तालिम सकेर घरमा आएर फर्केको २२ दिनमै आक्रमणमा पर्याे’, उनले भनिन्, ‘आमा अब म तलब बुझेपछि आउ“छु भनेर गएको हो, तर कहिल्यै फर्किएन ।’ छोरा सरकारको ड्युटी गर्दागर्दै मारिएको भएपनि राज्यले त्यसको कदर अहिलेसम्म नगरेको उनको गुनासो रहेको छ । भाइको आक्रमणमा मृत्यु भएपछि उनको माइलो छोरा नारायणले पनि प्रहरीको जागिर छोडेपछि अहिले उनको परिवारलाई दैनिक गुजारा टार्ने मुस्किल छ ।

स्थानीय शान्ति समितिका सदस्य तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माले समाजमा द्वन्द्वको गहिरो पीडा अभैm रहेको बताए ।‘सबै अभैm ढुक्क भएर बस्ने अवस्था छैन्’, उनले भने, ‘पुर्नस्थापनाका लागि थप प्रभावकारी कार्यक्रम ल्याउनु जरुरी छ ।’ सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने काम समयमै गर्न नसक्दा पनि समाजमा राज्य र बिद्रोही पक्षबाट भएका पीडित परिवारमा अभैm समस्या रहेको उनले बताए । व्यवस्था परिवतर्नका लागि लडेका उनका छोराको सपना पुरा हुने प्रकृयामा छ । सिंगो व्यवस्था परिवर्तनसंगै सर्वसाधरणले घरदैलोबाटै राज्यका सेवा सुविधा उपभोग गर्ने दिन नजिकिंदै छ । तर जनयुद्धका बेला राज्य र विद्रोही पक्षबाट पीडित परिवारमा भने पीडा उस्तै छ । ‘राज्यले केही रकम सहयोग पनि दियो’, उनले भने, ‘व्यवस्था परिवर्तन पनि भयो, तर सन्तान गुमाएको पीडा त कसरी भुल्न सकिन्छ र ?’ उनले राज्यबाट राहत स्वरुप १० लाख रुपैंया बुझेको बताए ।

द्वन्द्वमा १ सय ३३ ले ज्यान गुमाए

१० वर्षे जनयुद्धको समयमा जिल्लाबाट २ सय ३ परिवार विस्थापित भएका थिए । एक सय ३३ ले ज्यान गुमाए । नौ जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् । ६६ जना अंगभंग भएका छन् । ति मध्ये राज्यले मृत्यु भएका एक सय सात जनाको परिवार, बेपत्ता नौ, सम्पत्ति क्षतिमा एक सय ७७, अंगभंगका ४९, अपहरणमा परेका २३ र विस्थापित एक सय ३७ लाई राहत दिएको शान्ति समिति गुल्मीका संयोजक जनार्दन घिमिरेले बताए । ‘राहतले मात्र पुग्ने अवस्था छैन्’, उनले भने, ‘समाजमा सम्मान पूर्वक बा“च्न पाउने बातावरण पनि तयार गरिदिनुपर्छ ।’ सरकारले जिल्लाका साबिकका १ नगरपालिका र ७५ गाविसमा स्थानीय शान्ति समिति गठन गरेर शान्ति प्रवर्धनका कार्यक्रम गर्ने गरेपनि पुर्नस्थापनाका प्रभावकारी काम हुन नसकेको उनले बताए । 

प्रकाशित: २० वैशाख २०७४ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App