समाज

गोली प्रहारकाे घटनाबारे छानविन गर्न ख्रीष्टियन महासंघकाे माग

काठमाडौं– राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यालय सचिव सन्तोष खड्कामाथि अज्ञात पक्षबाट भएको गोली प्रहारको घटनाको छानविन गर्न महासंघले माग गरेको छ।  

महासंघको केन्द्रीय कार्यालय ललितपुरको मानभवनबाट घर जाने क्रममा यही बैशाख ३ गते साँझ उनीमाथि गोली प्रहार भएको थियो। घटनाको दोषी पत्ता लगाई कडा कारबाही गर्न महासंघले बुधबार माग गरेको छ।

महासंघका अध्यक्ष सि.बि गहतराजले उक्त घट्नाको निन्दा गर्दै भने, ‘हाम्रो कार्यालय सचिवमाथि भएको घटनाको जति निन्दा गरे पनि कमै हुन्छ, जसले गरेको भए पनि त्यो घोर निन्दनीय र अक्षम्य छ, यस्ता गैरजिम्मेवारपूर्ण कार्य नगर्न नगराउन सम्बन्धित पक्षलाई सचेत गराउँदछौं।’

अध्यक्ष गहतराजले घट्नाको सत्यतथ्य बाहिर ल्याउनको लागि यथाशिघ्र छानबिन समिति गठन गर्नुपर्ने र दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरे ।

खड्कामाथि भएको उक्त आक्रमणले नेपाली नागरिकले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने शान्तिपूर्ण वातावरणमाथि चुनौती थपिएको महासंघले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७४ १०:५७ बुधबार

गोली प्रहारकाे घटनाबारे छानविन गर्न ख्रीष्टियन महासंघकाे माग