समाज

घुस लिएको अभियोगमा पक्राउ

फाइल तस्वीर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शंखमूलबाट पक्राउ गरेको हो। आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।  

प्रकाशित: २६ जेष्ठ २०८० ०७:२४ शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोग घुस लिएको अभियोगमा पक्राउ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराई