समाज

अकाशमै जहाजको ढोका खुलेको भन्ने कुरा गलत होः धनगढी विमानस्थलका प्रमुख

फाइल तस्बिर

काठमाडाैंबाट धनगढी आईरहेको श्री एयरलाइन्स जहाजको ढोका आकाशमै खुलेको भन्ने कुरा गलत भएको धनगढी विमानस्थलले जनाएको छ।  

नागरिकन्यूजसँग कुरा गर्दै धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले भने, ‘ आकाशमै जहाजको ढोका खुलेको भन्ने कुरा गलत हो, जहाजको भित्री र बाहिरी हावाको चाप मेन्टन गर्ने सिस्टमले काम नगरेको हो’।

काठमाडाैंबाट धनगढी आईरहेको श्री एयर लाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडाैं फर्केको थियो। मंगलवार बिहान काठमाण्डौबाट धनगढीको लागी उडेको श्री एयरलाइन्सको जहाज उडेको १२ मिनेटमा चितवनको आकाशमा रहेको वेला समस्या देखिएपछि काठमाण्डौ फिर्ता भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए।

‘जहाजमा प्रेसराईजेसन 'सिस्टम फेलिएर' भएकाले काठमाडौ फिर्ता भएको हो’ उनले भने, ‘काठमाडाैंबाट उडेको करिव १२ मिनेट पछि प्रेसराईजेसन सिस्टम फेलिएर भएको हामीलाई जानकारी आएको थियो’।  

चितवनको आकाश माथी रहेको वेला जहाजमा समस्या देखिएको थियो। १०, १२ हजार फिट भन्दा बढी उचाईमा आकाशको हावामा अक्सिजन कम हुने गर्छ । '१२ हजार फिट भन्दा माथी उड्ने जहाजमा भित्र यात्रुलाई अक्सिजन कम नहुनदिन बाहिरको हावा भित्र र भित्रको हावा बाहिर जान नदिने सिस्टम हुने गरेको र त्यहि सिस्टमलाई प्रेसराईजेसन सिस्टम भनिने; प्रमुख भट्टले बताए ।

श्री एयरलाईन्सका धनगढी स्टेसन प्रमुख गजेन्द्र शाहीले काठमाडाैंबाट धनगढीका लागी बिहान ८ बजेर १० मिनेटमा उडेको जहाज फिर्ता भएर ८ बजेर ३८ मिनेटमा काठमाण्डौ त्रिभुवन बिमानस्थलमा अवतरण भएको बताए । उक्त जहाजमा समस्या देखिएपछि श्री एयरलाईन्सको अर्को जहाजबाट यात्रु लाई धनगढी ल्याइएको उनले बताए।

प्रकाशित: २३ जेष्ठ २०८० ०८:१२ मंगलबार

अकाशमै जहाजको ढोका खुलेको भन्ने कुरा गलत होः धनगढी विमानस्थलका प्रमुख