समाज

बालाजुमा बसको ठक्करबाट महिलाको मृत्यु

काठमाडौं— बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। तार्केश्वर नगरपालिका–१० बालाजुमा बा ३ ख ६५१ नम्बरको बसले बा ७२ प ६६६१ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक तार्केश्वर नगरपालिका–१२ गोलढुङगा बस्ने ३८ बर्षीय राजकुमार फूयाल र उनकी श्रीमती ३५ बर्षीया गंगामाया फूयाल घाइते भई शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो। उपचारको क्रममा गंगामायाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

यसैगरी काठमाडौं, थानकोट सरस्वतीस्थानस्थित सडकमा हाल नम्बर नखुुलेको गाडीले चन्द्रगिरी नगरपालिका–५ थानकोट बस्ने ४५ बर्षीय कान्छा रानामगरलाई सोमबार ठक्कर दिँदा घाइते भएकोमा उपचारको लागि वीर अस्पताल लगिएकोमा उपचार क्रममा मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनलाई प्रहरीले पत्ता लगाउन सकेको छैन।
 

प्रकाशित: १६ फाल्गुन २०७३ १२:०० सोमबार

बालाजुमा बसको ठक्करबाट महिलाको मृत्यु