समाज

मिर्गौला पीडितको उपचारकालागि सांगीतिक कार्यक्रम

खोटाङ– खोटाङको खार्पा–२ की १८ वर्षीय मृगौला पीडित बीना श्रेष्ठको सहयोगार्थ साँस्कृति कार्यक्रम गरिएको छ। बिगत ६ वर्ष अघिदेखि मृगौला रोगको समस्याबाट पीडित बीनाको मृगौला प्रत्यारोपणका लागि रकम जुटाउन शनिबार भर्‍याङ नाट्य मञ्च नेपालको आयोजनामा राजधानीको राष्ट्रिय नाचघर जमलमा बृहत साँस्कृतिक कार्यक्रम गरिएको हो। मृगौला प्रत्यारोपणकालागि बीनाको काठमाडौं शिक्षण अस्पताल हुँदै हाल राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा पुर्‍याएर डायलासिस भइरहेको दाजु सुजन श्रेष्ठले बताए। बीनाको मृगौला प्रत्यारोपणकालागि बुवा गंगाबहादुर वा आमा तारादेबी मृगौला दिन तयार भए पनि त्यसक्रममा चाहिने खर्चको अभावमा रकम जुटाउन सांगीतिक कार्यक्रम गरिएको हो। घरका भएभरका खर्च सकिएपछि बाँकी उपचार गर्नकालागि श्रेष्ठ परिवार शुभेच्छुकलाई गुहारिरहेका छन्।

खोटाङ क्षेत्र नम्बर २ का सांसद बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा गायीका कला राई, गायक देबेस राई, प्रताप दास, बिनोद राई, रेवत राई, यश कुमार राई, निस्चल राई, सचिन राई लगायतका कलाकारले सांगीतिक प्रस्तुती दिएका थिए। सांगीतिक कार्यक्रममा नाटक ‘ए केशे’ पनि मञ्चन गरिएको छ।

बीना बचाउ अभियानकाक्रममा १ लाख ५१ हजार रुपैयाँ संकलन भइसकेको भ¥याङ नाट्य मञ्च नेपालका अध्यक्ष कबि राईले बताए। कोरियामा रहेका बुईपाका दिपेन्द्र श्रेष्ठले पनि बीनाको जीवन बचाउमा आर्थिक संकलन अभियान चलाइरहेका छन्।

 

 

प्रकाशित: १५ फाल्गुन २०७३ ०९:५० आइतबार

मिर्गौला पीडितको उपचारकालागि सांगीतिक कार्यक्रम