समाज

औषधी लिन आएका बढुवालको भिरबाट खसेर मृत्यु

सुमन मल्ल

मुगु- सदरमुकामबाट दुई घण्टा टाढा रहेको रोवा गाविसको ढुङ्गेधारा स्वास्थ्य चौकीको औषधी लिन जिल्ला स्वास्थ्य कार्यालय आउँदै गरेका कार्यालय सहयोगिको भिरबाट खसेर मृत्यु भएको छ।

 रोवा गाविस—३ निवासि ५२ बर्षिया श्री बहादुर बढुवाल आफनो स्वास्थ्य चौकीको औषधी लिनका लागी जिल्ला स्वास्थ्य कार्यालय आउँदै गर्दा सोमबार बिहान ८ बजे रोवा गाविसकै डाँडा भिरमा खसेर मृत्यु भएको हो।

 जिल्ला स्वास्थ्य कार्यालय आउँदै गर्दा सोमबार बिहान ८ बजे रोवा गाविसको डाडाभिरमा बोहोरा खसेको देखेपछी आफन्तले  उपचारका लागी जिल्ला अस्पतालमा दिउँसो ५ बजे पुर्‍याएका थिए। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक सुरेन्द्र भट्टले जानकारी दिए। बोहोराको पोष्टमार्ट मंगलबार बिहान गरीसके पछी शव आफन्त लाई बुझाईने भएको छ।

 

प्रकाशित: ९ फाल्गुन २०७३ १२:५९ सोमबार

औषधी लिन आएका बढुवालको भिरबाट खसेर मृत्यु