समाज

खुकुरी प्रहारबाट एकको मृत्यु

डडेल्धुरा- खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन्।

खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ।

एउटै स्थानमा तल र माथि घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेकाले सो सम्बन्धी पटक पटक विवाद हुँदै आएकोस्थानीयवासीको भनाइ रहेको छ।

मृतक साउद कोटेली गाविसस्थित मानवअधिकार निगरानी समूहका अध्यक्षसमेत थिए। रासस

 

प्रकाशित: ९ फाल्गुन २०७३ ०८:५३ सोमबार

खुकुरी प्रहारबाट एकको मृत्यु