समाज

भ्यानकाे ठक्करले पैदलयात्रुकाे मृत्यु, एक युवा मृत फेला

भक्तपुर–  भक्तपुरको लोकन्थलीस्थित ६ लेन सडकमा बा ८ च ८८३० नम्बरको भ्यानले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

तरकारी बिक्री गरेर फर्कंदै गर्दा मध्यपुरथिमि नगरपालिका– १६ बस्ने ३९ वर्षीय प्रेमकृष्ण महर्जनको भ्यानको ठक्करबाट गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी निरीक्षक रेवती पोखरेलका अनुसार भ्यानको ठक्करबाट घाइते महर्जनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यता अनन्तलिङ्गेश्वर नगरपालिका–५ दधिकोटमा २४ वर्षीय आशिष मगर शनिबार बिहान मृत अवस्थामा भेटिएका छन् ।

खाङसाङ गाविस–६ सिन्धुली घर भई दधिकोट बस्दै आएका मगरको मृत्युको कारण खुल्न नसकेकाे प्रहरीको भनाइ छ ।

दुबै शव परीक्षणका लागि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा लगिएको प्रहरीले जनाएकाे छ। रासस

प्रकाशित: ७ फाल्गुन २०७३ १४:१० शनिबार

भ्यानकाे ठक्करले पैदलयात्रुकाे मृत्यु युवा फेला