समाज

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु

धनगढी- चितवन जिल्ला घर भई हाल धनगढीको ट्राफिक चौराहामा बस्दै आएका ३० वर्षीया लक्ष्मी भण्डारीको गएराति उनका श्रीमान परशुराम भण्डारीको कुटाइबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटेलमा सुरक्षा गार्डको रुपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएका लक्ष्मीको उपचारका लागि अस्पताल पुर्‍याउँदा बाटैमा मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरी डेरा पुगेका परशुराम र लक्ष्मीबीच विवाद भएको थियो। प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ। रासस

 

प्रकाशित: २२ माघ २०७३ १४:०७ शनिबार

श्रीमानको कुटाइबाट श्रीमतिको मृत्यु