समाज

३ सय २९ रोपनीमा लगाइएको अफिम नष्ट

जाजरकोटमा अफिम खेती नष्ट गर्दै प्रहरी।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई वटा पालिकाको ३ सय २९ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ। ठूलो परिणाममा अफिम खेती गरेको सुचनाको आधारमा प्रहरीको टोलीले नष्ट गरेको हो।

भेरी नगरपालिका  –६  स्थित भेरे भन्ने ठाउँसहित बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, जुनेचाँदी गाउँपालिकाका विभिन्न ठाउँमा ३ सय २९ रोपनी क्षेत्रफलमा लगाईएको अवैध अफिम खेती प्रहरीले नष्ट गरेको जनाइएको छ।

जाजरकोट जिल्लामा अफिम खेती नष्ट गर्ने अभियान बैशाख महिनामा सुरु गरिएको छ। ग्रामीण भेकमा गाँजा र अफिम खेती लुकीछिपी गर्ने गर्दछन्। कर्णालीका धेरै स्थानहरुमा गाँजा र अफिम खेती गर्ने गरेको पाइन्छ।

प्रकाशित: १४ वैशाख २०८० ०९:०५ बिहीबार

अफिम खेती