समाज

घरसँगै जलेर लिम्बुको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको तेल्लोकमा एक घरमा आगलागी हुँदा घर सँगै जलेर एक बृद्धको मृत्यु भएको छ।

तेल्लोक गाविस सार्ड नं २ निवासी ७२ वर्षीय रामबहादुर परा लिम्बूको घर सँगै जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। राति आगो बालेर ताप्दै चुह्लो नजिकै सुतेका लिम्बुको रातिनै घरमा आगो सल्कदा सुतेकै स्थानमा जलेर मृत्यु भएको हुन सक्ने ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी रामबहादुर केसीले बताए।

शरिरको अधिकाँस भाग जलेर नचिनिने अबस्थामा लिम्बुलाई स्थानीयले फेला परेको प्रमुख केसीको भनाई छ। छिमेकीहरुको घर टाढा भएको र राति आगलागी भएको कारण आगो राति करिव साढे दश बजे मात्र नियन्त्रणमा आएको थियो । मृतक लिम्बुको शव पोस्टमार्टमका लागि आज जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भईरहेको प्रहरीले बताएको छ। आगलागी भएको घर मृतक पराको पुरानो घर भएको र उनी बेला बखत मात्र सो घरमा बस्ने गरेको प्रहरीको अध्ययनले देखाएको छ।

 

 

 

प्रकाशित: १९ माघ २०७३ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App