समाज

खानेपानी चोरीमा संलग्नलाई कारबाही

पोखरा- नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सात ग्राहकलाई जरिवाना गरेको छ। संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी रु ३५ हजार जरिवाना गरेको छ।

उनीहरुको साथबाट केही थान मोटरसमेत जफत गरिएको संस्थानका प्राविधिक लक्ष्मण पाण्डेले बताए। संस्थानले पोखरामा पानी चोरी गर्नेको सूची तयार भइरहेको जनाएको छ।

हाल ३७ हजार ग्राहकलाई खानेपानीको सुविधा पुर्‍याउँदै आएको संस्थानको करिब रु १७ करोड बक्यौता रहेको महशुल शाखाका कमलकान्त लामिछानेले जानकारी दिए। रासस

 

प्रकाशित: १४ माघ २०७३ १४:०८ शुक्रबार

खानेपानी चोरीमा संलग्नलाई कारबाही