समाज

विशाल बजारको सुन पसलबाट ब्रासलेट चोर्ने पक्राउ

काठमाडौं— विशाल बजारको एक सुन पसलबाट ब्रासलेट चोरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिशाल बजारस्थित शालिमार ज्वेलर्सबाट सुनको गहना चोरी फरार रहेकी कास्की पोखरा म्याग्दी चोक बस्ने ३५ बर्षीया ३५ बिमला पुनलाई प्रहरीले पक्राउ गरेको हो।

माघ १२ गते ग्राहक बनी आएकी पुनले सवा १ तोलाको ब्रासलेट चोरी गरी फरार भएकी थिइन्।

विहिबार सोही स्थानको शुभलाभ ज्वेलर्समा सुनका गरगहना हेरीरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शालिमार ज्वेलर्सबाट चोरी गरेको ब्रासलेट १ थान, नक्कली सुनका जस्तो देखिने ब्रासलेट १ थान, नेक्लेस १ थान १ र सिक्री १ थान सहित पक्राउ गरेको हो।

 

प्रकाशित: १४ माघ २०७३ ०७:५९ शुक्रबार

विशाल बजारको सुन पसलबाट ब्रासलेट चोर्ने पक्राउ