समाज

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ

नुवाकोट— श्रीमती हत्याको अभियोगमा प्रहरीले मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। लिखु–४ पुरानो गाउँ बस्ने २८ वर्षीय उनलाई प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका तामाङले शुक्रबार विहान २४ बर्षीया श्रीमती उर्मिला तामाङलाई कुटपिट गरी हत्या गरेका थिए। उखुको डाँठले टाउको, ढाड र मुखमा प्रहार गरी उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

प्रकाशित: १४ माघ २०७३ ०७:५९ शुक्रबार

श्रीमती हत्या गर्ने श्रीमान पक्राउ