समाज

सशस्त्र प्रहरीको गोताखोरले बालिकालाई निकाल्यो २०० मिटर गहिराईबाट

कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्कीएकी एक जना बालीकालाई सशस्त्र प्रहरीले निकालेको छ।  

शनिवार  अन्दाजी २०० मिटर गहिराईबाट निकालेको सशस्त्रप्रहरीले  बताएको छ। पोखरा महानगरपालिका ८ नागढुंगा बस्ने १२ बर्षकी स्मृति पराजुली खेल खेल्ने क्रममा उक्त प्वालमा खसेकी थिइन। 

खबर पाए लगतै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गण कास्कीबाट खटिएकोे गोताखोरसहितको टोलीले उनलाई निकालेको हो।उद्धार गरीपश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पताल पुर्‍याए लगत्तै डाक्टरले बालिकालाई मृत घोषित गरेका थिए।

प्रकाशित: ३ वैशाख २०८० ०१:२१ आइतबार

पोखरा महानगरपालिका ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०७८’ गोताखोर