समाज

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं–काठमाडौं महानगरपालिकाले जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ। काठमाडौं महानगरपालिकाले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदर पत्र प्रदान गरेको हो।

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा एजसेललाई सम्मान गरिएको हो। संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई  कदर पत्र हस्तान्तरण गरेका थिए।

प्रकाशित: २६ पुस २०७३ ०६:३१ मंगलबार

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित