समाज

हात्ती आक्रमणबाट वृद्धको मृत्यु

इलाम-जिल्लाको साकफारा गाउँमा हात्तीको आक्रमणबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा साकफारा–२ का ८४ वर्षे जयबहादुर लिम्बू रहेको विराटनगरस्थित पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

लिम्बूलाई शुक्रबार बिहान आफ्नै घरअगाडि बाटोमा हिँड्दै गर्दा जंगली हात्तीले आक्रमण गरेको थियो। गम्भीर घाइते लिम्बूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचर हुँदाहुँदै शुक्रबार दिउँसो मृत्यु भएको मधुमल्लास्थित इलाका प्रहरीलाई उद्धृत गर्दै क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २२ पुस २०७३ ०८:२४ शुक्रबार

हात्ती आक्रमणबाट वृद्धको मृत्यु