समाज

सामुदायिक जंगलमा दुई शिशुको शब फेला

धनगढी- कैलालीको अत्तरिया नगरपालिका १३ स्थीत सामुदायीकवन क्षेत्रमा दुई शिशुको शव खाल्डोमा गाडेको अवस्थामा फेला पारीएको छ। शनिवार साँझ खाल्डोमा गाडिएको अवस्थामा २ शिशु फेला परेको कैलाली प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले बताए।

बाहिरबाट हेर्दा दुई दिन अघि गाडेको जस्तो देखिए पनि पोष्टमार्टमा रिपोर्ट आउन बाँकी रहेको उनले बताए। शिशु गाड्नेको खोजीभइरहेको उनले बताए।

स्थानीयवासी ले सामुदायीकवनको जङ्गलमा खाल्डोमा पुरेको अवस्थामा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित: १७ पुस २०७३ १२:०७ आइतबार

सामुदायिक जंगलमा दुई शिशुको शब फेला