समाज

विद्युत चोरी गर्नेहरू कारबाहीमा परे

राजविराज-विद्युत् चोरी गरेको अभियोगमा मंगलबार सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट संयुक्त रुपमा खटिएको अनुगमन टोलीले विद्युत्को खम्बाबाट सिधै विद्युत् चोरी गरेका भनिएकाहरुलाई पक्राउ गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताए ।

अभिव्यक्तविरुद्ध विद्युत् ऐनानुसार आज कारबाही गरिएको प्राधिकरणले जनाएको छ । रासस

प्रकाशित: १२ पुस २०७३ ०७:०५ मंगलबार

विद्युत चोरी गर्नेहरू कारबाहीमा परे