समाज

कल बाइपास गर्ने आधुनिक उपकरणसहित तीन पक्राउ

शुक्रबार प्रहरी कलबाइपासमा संलग्न गिरोहका साथमा बरामद उपकरण। तस्बिरः निर्मल घिमिरे

बर्दिया– नेपाल टेलिकम र एनसेल प्रालिको कल बाइपास गर्ने उपकरणसहित बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरेका छ।
सात महिनाअघि देखि लुकिछिपि कल बाइपास सञ्चालन गरिरहेका बहराइच थाना मोतीपुर ग्राम बलैगाउँका ३७ बर्षीय एहतिसाम अहमद, गुलरिया नपा—८ बस्ने वर्ष २७ को सन्दिपकुमार खड्का र कालिका गाविस ६ का चुल्लुराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हा ।

कलवाईपासका मुख्य नाइके भारतका अहमदलाई झुक्याएर नेपाल बोलाइ पक्राउ गर्न प्रहरी सफल भएको छ।

यस्तै, चौधरी र खड्काको घरमा  कलवाइपास गर्ने उपकण फेलापारेपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कलबाइपास गर्ने उपकरणसहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
केही महत्वपूर्ण सामान भारततर्फ जान लागेको प्रहरीले गोप्य सूचनामा  परिचालित प्रहरी टोलीले पक्राउ गर्न सफल भएको एसपी भरतबहादुर बोहराले वताए। ‘गोप्य तर आंशिक सूचना पाएको प्रहरी कलवाईपास गर्ने गिरोह उपकरणसहित पक्राउ गर्न सफल भयो,’ आयोजित पत्रकार सम्मेलनमा बोहराले भने, ‘कलवाइपास गिरोहमा संलग्न एकजना भारतमा बस्ने हुनाले प्रहरी कसरत गर्न परेको थियो।’

प्रहरीले प्राप्त सूचनामा परिचालित प्रहरी कलवाइपाइसको गिरोह र उपकरणसहित मानिस पक्राउ गर्न प्रहरी सफल भएको उनले दाबी गरे। प्रहरीले जिएचएम भिओआईपी गेटवे डिभाईस १ थान, कम्प्युटर १ थान, १६ पोर्ट २ थान, वाई म्याक्स १ थान, राउटर २ थान, प्रिन्टर, एन्टिना ११ थान, तार, मिल्टीप्लक र जिएससी एन्टेना १८ थान र दर्जनबढि नमस्ते र एनसेलको सिमकामर्ड बरामद गरेको छ।

प्रहरीले गरेका अनुसन्धानबाट गुलरिया नगरपालिका, कालिका र भारतको बलैगाउँबाट १ सय ६१ दिनमा २५ लाख ७६ हजार मिनेट राजश्व छलेर कलवाइपास सञ्चालन गरेको खुलेको छ। कलवाईपासको गर्न प्रयोग गरिएको यान्त्रिक क्षमता ३.२ प्रोट डिभाईस संचालन गरेको पाईएको छ। प्रहरीले दिएको सूचनामा कलवाइपास गर्दा  अन्तराष्ट्रिय आगमनकल दररेट को ८ रुपैयाँ ५० पैसा प्रतिमिनेट रहेको छ। कलवाइपास गरेवापत  प्रति मिनेटको १ रुपैयाँ ३६ रुपैयाँ अवैध रुपमा संचालन गरेको गिरोहले प्राप्त गर्ने गरेको प्रहरी भनाई छ।

उक्त कल बाइपासबाट सरकारको राजस्व क्षति २१ लाख ४१ हजार २ सय ५५ हजार ९ सय २५ रुपैयाँ, एनसेल प्रालिको ८२ लाख ७२ हजार ८ सय २४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। कलबाईपास गरेवापत दुरसंचार ऐन २०५३ को दफा ४७(५) बमोजिम कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानीनोक्सानीको बिगो बमोजिम जरिवान वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यबस्था छ।
 

प्रकाशित: ८ पुस २०७३ १२:३७ शुक्रबार

कल बाइपास गर्ने आधुनिक उपकरणसहित पक्राउ