समाज

रौतहटमा पेस्तोल सहित एक पक्राउ

रौतहट- रौतहट प्रहरीले अटोमेटिक पेस्तोल सहित एकजनालाई पक्राउ गरेको छ। शुक्रवार दिउँसो १० बजेको समयमा रौतहट सखुअवा ८ का २५ बर्षिय लालबाबु ठाकुरलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार भेडियाहीबाट सखुअवा तर्फ हतियार बोकेर जाँदै गरेको विशेष सूचनाको आधारमा प्रहरी नायव उपरिक्षक नविण कृष्ण भण्डारीको नेतृत्वमा खटिएको विषेश प्रहरी गस्तिटोलिले ठाकुरलाई अटोमेटिक पेस्तोल र सोमा लाग्ने म्यागजिन सहित रंगे हात पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख एसपि यज्ञ विनोद पोखरेलले बताए।

हतियार सहित पक्राउ परेका ठाकुरलाई हिरासतमा राखी हातहतियार खराजाना ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान भईरहेको एसपि पोखरेलले बताए।

प्रकाशित: २४ मंसिर २०७३ १०:१५ शुक्रबार

रौतहटमा पेस्तोल सहित पक्राउ