काठमाडौं– प्रहरीले फेला पारेको एउटा बेवारिसे मोटरसाइकलको एयर फिल्टर बक्समा १० किलो सुन भेटिएकाे छ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार राति फूलबारी क्षेत्रमा फेला पारेको एकसय ५० सिसीको पल्सर मोटरसाइकलमा उक्त सुन फेला पारेको हो। वृत्त प्रमुख डिएसपी विपिन रेग्मीका अनुसार गस्तीमा रहेको प्रहरी टोलीले देखेपछि बा.५५ प १७७२ नम्बरको मोटरसाइकलमा सवार दुई जना मोटरसाइकल छोडेर भागेका थिए ।
‘प्रहरी टोली देख्नासाथ भागे, कार्यालयमा ल्याएर हेर्दा फिल्टर निकालेर उक्त स्थानमा सुनका १० वटा बिस्कुट फेला परेको छ,’ रेग्मीले भने। उनका अनुसार दुई मोटरसाइकल धनीका बिषयमा अनुसन्धान भै रहेको छ।
वृत्तकाअनुसार बरामद सुनको बजार मूल्य ५ करोड रुपैयाँ बराबर छ।
प्रकाशित: १८ मंसिर २०७३ ०९:३१ शनिबार