समाज

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा

जुम्ला–कर्णालीको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको घटनाको छानविन गर्न एआईजी विज्ञानराज शर्मासहितको टोली जूम्ला आइपुगेको छ। उनीसंगै मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रुमख डिआईजी माधव नेपाल र सिआईवीका एक डिएसपी सहितको टोली मंगलबार जुम्ला आएका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सो टोलीले चोरीको घटनाको यथार्थ विवरण संकलन गरि अनुसन्धान थाल्ने छ।

अनुसन्धान टोलीले स्थल र हवाई मार्गबाट मूर्ति चोर्नेहरुको खोजि गरिरहेको प्रुमख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिए।

यसअघि क्षेत्रीय तालिम केन्द्र नेपालगंजबाट अनुसन्धान गर्ने कुुकुर ल्याएर खोजि गरिएको थियो। अहिले अनुसन्धान गर्न कालिकोटबाट २५ र सुर्खेतबाट ४० जना प्रहरी खटिएका छन्।

चोरीको घटनाबारे यथार्थ पत्ता लगाएर दोषीलाई कार्वाही गर्न र मूर्ति फिर्ता ल्याउन स्थानीयले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। यहाँका उद्योग, कलकारखाना, पसल बन्द छन्।

प्रकाशित: १४ मंसिर २०७३ ०९:१७ मंगलबार

मूर्ति चोरीबारे अनुसन्धान गर्न एआईजीसहितको टोली जुम्लामा