समाज

ग्लोबल सेपर्स काठमाडौ हबको ‘जलवायु परिवर्तन समानुकुलन’ सम्बन्धि कार्यक्रम श्रृखंला सुरु

ग्लोबल सेपर्स काठमाडौं हबले दक्षिण एसियामा जलवायु परिवर्तन समानुकुलनको वकालत गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको श्रृखंला सुरु गरेको छ।

हबले दक्षिण एसियाली मुलुकका व्यवसायी तथा पेशागत युवाहरुलाई सहभागी गराएर आगामी माघ २४ गते ‘क्लाइमेट चेन्ज रेजिलिन्स फर ए ग्रेट हिमालयन फ्युचर फर अल’ बिषयक सम्मेलन गर्न लागेको हो।

हबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्मेलनमा जलवायु परिवर्तन, हिमालयन जलवायु समानुकुलनका लागि आवश्यक पूर्वाधार तथा जलवायु परिवर्तनका क्षेत्रमा भएका नविनतम प्रयोग तथा अभ्यासहरुका बिषयमा छलफल गर्ने जनाएको छ।

सम्मेलनमा हबको नेटवर्कमा भएका युवा, जलवायु परिवर्तनका क्षेत्रमा क्रियासिल विज्ञहरु, एसियाली मुलुकका नीति निर्माताहरुलाई सहभागी गराइने आयोजक संस्थाका प्रतिनिधी गुञ्जन घिमिरेले जानकारी दिए।

‘सम्मेलनको उद्देश्य जलवायु परिवर्तनका क्षेत्रमा नेपाल र दक्षिण एसियाली मुलुकले भोगेका समस्याहरु र समाधानका क्षेत्रमा भएका नविनतम अभ्यासहरुबारे छलफल गरेर निष्कर्षमा पुग्ने हुनेछ’, उनले नागरिक न्यूजसँग भने।

उनका अनुसार सम्मेलन हुने विभिन्न छलफलहरुमा वातावरणमैत्री प्रविधि र विकास, वैकल्पिक प्रविधिमा लगानी गर्ने वातावरणको सिर्जना, नया“ प्रविधिको विकास तथा अनुसन्धान तथा जलवायु परिवर्तनबाट प्रभावित उपभोक्ता तथा सर्वसाधारणको पक्षमा गर्न सकिने वकालत र अनुसन्धानको अवसर प्रदान गर्नेछ।

हबले गत फागुन २१ गते  आगामी सम्मेलनमा प्रस्तुत गरिने वकालत कार्यपत्रहरु तयार गर्नका लागि सरोकारवाला क्षेत्रका विज्ञहरुसँग छलफल पनि गरेको छ। छलफलबाट विभिन्न बिषय र मुद्दाहरु पहिचान गरिएको छ।

उक्त छलफलमा विन्डपावर नेपाल, वाटरएड, ग्लोबल वाटर पार्टनरसिप साउथ एसिया, वन तथा वातावरण मन्त्रालयलगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधीहरुको सहभागीता थियो।  

छलफलमा वकालत कार्यपत्रको औचित्य र त्यसको नतिजाबारे बहस भएको थियो। वकालत कार्यपत्रबाट आउने निष्कर्षको कार्यान्वयन गर्न सरोकारवाला संघसंस्था र व्यक्तिहरुलाई सहज हुन्छ की हुदैन भन्नेबारे पनि छलफल भएको थियो।

यसैगरी जलवायु संरक्षणका क्षेत्रमा सरकार र निजी क्षेत्रको ध्यान केन्दि«त गर्ने र यस क्षेत्रमा देखिएका नीतिगत खाडलहरुबारे अध्ययन गरेर वकालत कार्यपत्रलाई सान्दर्भिक बनाउन सुझाव दिइएको थियो।

वन तथा वतावरण मन्त्रालयले नेपालको हालको जलवायु नीति, यसको पर्याप्तता र अपर्याप्ततालाई पुनरावलोकन गर्न सुझाव दिएको थियो । उक्त छलफलमा सहभागी विशेषज्ञहरुले दक्षिण एसियाको जीविकोपार्जन र कृषिदेखि मौसमका क्षेत्रमा देखिएका समस्याहरुमा ध्यान दिन सुझाव दिएका थिए।

छलफलबाट सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरु स्थानीय, क्षेत्रीय र विश्वव्यापी रुपमा गर्नुपर्ने प्रयास र कार्यहरुमा विभाजन गरेर तयार गर्नुपर्ने सुझाव पनि आएको थियो। हबका अनुसार क्लाइमेट रियालिटी साउथ एसिया टोलीको सहयोगमा  कार्यपत्रहरुलाई दक्षिण एसियाली क्षेत्रका अन्य केन्द«हरुमा भइरहेका सर्वेक्षणहरुका निष्कर्षहरु समेटेर थप फराकिलो बनाइनेछ।

सम्मेलनमा प्रस्तुत कार्यपत्रहरुबाट आएका निष्कर्षहरु क्लाइमेट रियालिटी साउथ एसियाको साझेदारीमा परियोजनाका रुपमा लागु गरिनेछ। यो काम दक्षिण एसियामा ग्लोबल सेपर्स हब मार्फत गरिनेछ।  ग्लोबल सेपर्स काठमाडौं हबका प्रतिनिधी घिमिरले ७ देखि ८ वटासम्म परियोजना लागु गर्ने योजना रहेको जानकारी दिए।  

सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रहरु प्रभाव न्यूनिकरणका लागि लागु गरिने परियोजनाहरु संचालन गर्ने सरोकारवाला निकायका लागि व्यवहारिक दस्तावेज हुने विश्वास लिइएको छ।

यसैगरी यी कार्यपत्र नीति निर्माता, अभियन्ता र सरोकारवालाहरुका लागि जलवायु परिवर्तनको समानुकुलनका क्षेत्रमा महत्वपूर्ण दस्तावेज हुने विश्वास पनि गरिएको छ ।

प्रकाशित: ३ चैत्र २०७९ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App