समाज

डढेलोमा परी एकको मृत्यु, दुई घाइते

जिल्लाको नरहरीनाथ गाउँपालिका -८ मा रहेको सालझारी सामुदायिक वनमा शनिबार आगालागी हुँदा एक जनाको मुत्यु भएको छ भने दुई जना घाइते भएका छन्। वनमा काठ चिर्न र काठ काट्न गएका १२ जना मध्ये  ३ जना जलेका हुन्।

मुत्यु हुनेमा खाँडाचक्र नगरपालिका -२ का ५५  वर्षिया जयलाल बिक रहेका छन्। त्यस्तै घाइते हुनेमा नरहरीनाथ गाउँपालिका -८ का  ४७ वर्षिया अदाने विष्ट र सोही ठाउँका  वर्ष ३२ का धिरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिए।  

आगलागीबाट घाइते भएका अदाने सिंह विष्टलाई थप उपचारको लागि  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको र उपचार सम्भव नभए पछि थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर द्वारा किर्तिपुर अस्पताल रिफर गरिएको छ।

अछामको पन्चदेवल सामुदायिक वनबाट सुरु भएको आगलागी नरहरिनाथ-८ को सामुदायिक वनमा लागेको थियो।

प्रकाशित: १४ फाल्गुन २०७९ १०:३७ आइतबार

आगलागी