समाज

केही प्रदेशमा हल्का वर्षा र केहीमा हिमपातको सम्भावना

फाइल तस्बिर।

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  

आज राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १४ फाल्गुन २०७९ ०३:४३ आइतबार

जल तथा मौसम विज्ञान विभाग