समाज

लागुऔषधसहित राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ

काठमाडौं- राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहयोगी २५ वर्षीय सुरज विष्टलाई १८ वटा एम्पल ड्रगसहित हिजो  पक्राउ गरेको हो।

विष्टलाई नेापलगञ्ज नगरपालिकाको प्रद्युम्न चोकबाट पक्राउ गरिएको हो। उनीविरुद्ध लागुऔषध मुद्दा दर्ता गरिएको कालिमाटी प्रहरी विटका डिएसपी नवराज अधिकारीले जानकारी दिए।

 

प्रकाशित: ४ कार्तिक २०७३ १२:१७ बिहीबार

लागुऔषधसहित राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पक्राउ