समाज

एटिएमबाट पैशा नझरेपछि तोडफोड

इटहर-एटिएमबाट पैशा निकाल्न खोज्दा ननिस्किएपछि इटहरीमा सेवाग्राहीले एटिएम नै तोडफोड गरेका छन्। 
आइतबार साँझ मादक पदार्थ सेवन गरेका युवाले एभरेष्रट बैंक इटहरी शाखाबाट पैशा निकाल्न खोज्दा ननिस्किएपछि तोडफोड गरेका हुन्।
 
तोडफोडमा संलग्न इटहरी ५ का अनिष पराजुली, आशिष पराजुली र आशिष चाैलागाँइ प्रहरी नियन्त्रणमा छन्।

एटिएम मर्मत पछि सुचारू भएको र तोडफोड गर्नेहरूलाई सार्वजनिक अपराधमा मुद्दा अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय इटहरीका डिएसपि नरेशराज सुवेदीले नागरिकन्युजलाई बताए।

प्रकाशित: २४ आश्विन २०७३ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App