समाज

लाइसेन्स बिना सवारी चलाउने ७५ जना प्रहरी नियन्त्रणमा

मकवानपुर-मकवानपुरमा बिना लाइसेन्स सवारी चलाउने माथि कारवाही थालिएको छ। ७५ सवारी चालक प्रहरी कारवाहीमा परेका छन्।

जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा आइतबार र सोमबार हेटौडा नगर क्षेत्रमा संचालित अटोरिक्सा तथा ई–रिक्साहरुलाई चेकजाँच गर्ने क्रममा सवारी चालक अनुमतिपत्र बिना सवारी साधन चलाएको भेटिएको हो।

७५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी नारायणी अंचल यातायात व्यवस्था कार्यालय पठाएको प्रहरीको दैनिक बुलेटिनमा उल्लेख छ।
 

प्रकाशित: १८ आश्विन २०७३ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App