समाज

इन्जा बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार नेपाल र तिवारीलाई

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक वर्ष प्रदान गर्दै आएको बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार याे वर्ष जगत नेपाल र माधवप्रसाद तिवारीलाई प्रदान गर्ने भएको छ।

स्वर्गीय शुकदेव शाहको स्मृतीमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सन्चार बिषयमा विद्यावारिधी ( पिएचडी) गर्दै गरेका जगत नेपाल र पत्रकारिता तथा आम सन्चार बिषयमा त्रिभुवन विश्वविद्यालयबाट दर्शनार्चाय (एमफिल) गर्दै गरेका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको हो।

बौद्धिक अनुसन्धानवृत्तीबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता बिभागमा उपप्राध्यापकको रुपमा कार्यरत छन्। २०५४ सालबाट पत्रकारिता शुरु गरेका नेपालले सुरुची साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टिभी लगायत विभिन्न संचार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन्। उनले हालसम्म ५ वटा पुस्तक प्रकाशित गरिसकेका छन्।

त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तीबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गरेका थिए। भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गरेका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टिभी, अनलाइन खवर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको सम्पादकको रुपमा कार्यरत छन्।  

उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ।  

प्रकाशित: ४ फाल्गुन २०७९ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App